अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिदै

काठमाडौ । नेपाली चलचित्रका अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन्। केही समयदेखि प्रेममा रहेका धनगढीका विजयन्द्र सिहं रावतसँग उनले मंसिर २२ मा लगनगाँठो कस्न लागेकी हुन्। श्वेताको यो दोश्रो विवाह हो। यसअघि उनले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो।